काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले चेतावनी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस्तो चेतावनी दिएका हुन् ।
आयोग गलत बाटोमा नजाने अपेक्षा रहेपनि आशंका गर्ने ठाउँ रहेको उनको भनाइ छ । आयोगले आफ्नो समूहले नेतृत्व गरेको कांग्रेसलाई मान्यता नदिए आफ्नो पार्टी देशभर आन्दोलन गर्न तयार रहेको उनको भनाइ छ ।
उनले गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलनमा आउने बताए । आन्दोलन गर्नुपर्ने अवस्थामा आए तयार रहन पनि उनले देशभरका कार्यकर्तालाई निर्देशन दिए ।













प्रतिक्रिया