प्रतिनिधिसभा सदस्य निर्वाचन : तयारी तीव्र, कार्यालय स्थापना « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन : तयारी तीव्र, कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ । जिल्लामा निर्वाचन सम्पन्न गर्न जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत तोकिएको छ ।

जिल्ला महान्यायाधिवक्ता टीकाभूषण घिमिरेलाई निर्वाचन क्षेत्र नं १ का लागि निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
 
जिल्लास्थित दुई वटा निर्वाचन क्षेत्रमा शुक्रबार कार्यालय स्थापनासमेत गरिएको छ ।

जिल्लामा निर्वाचनका लागि दुई हजार ४०० कर्मचारी तथा एक हजार २०० स्वयंसेवक खटाइने जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई वटा निर्वाचन क्षेत्रमध्ये १८९ मतदानस्थल, चार सय मतदान केन्द्रमा मतदान गर्ने तीन लाख २६ हजार ६११ मतदाता छन् । 

जिल्लामा दुई हजार २६९ निर्वाचन प्रहरी खटाइने भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् । 

यसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला, अन्य दुई मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले निर्वाचनका लागि आवश्यक तयारी भइरहेको बताए ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ४२ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य