जनकपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

 जनकपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा क्षेत्र नं ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायणनिधि मिथिला संस्कृति केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले कार्यालय स्थापना गरिएको जानकारी दिए । निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेका बताउँदै उनले निर्वाचनमा सबैको सक्रिय र उत्साहमूलक सहभागिता हुने विश्वास व्यक्त गरे । पुरीका अनुसार आज जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रभावकारी रूपमा सुरक्षा व्यवस्था मिलाइएको कार्यालय जानकारी दिए  । क्षेत्र नं १ मा मतदान स्थल ८५ वटा र मतदान केन्द्र १६३ वटा रहेका छन् ।

यहाँका निर्वाचन अधिकृतमा मनोज बराललाई तोकिएको बताउँदै  निर्वाचनको कार्यालय धनुषाधाम रहेको मुख्य निर्वाचन अधिकृत पुरीले उल्लेख गरे । क्षेत्र नं २ मा ८८ र १७४ मतदान केन्द्र छन् भने यहाँका निर्वाचन अधिकृत दामोदर रेग्मी रहेका छन् । क्षेत्र नं २ को निर्वाचनको कार्यालय विदेह नगरपालिका तिनकौरिया चोकमा स्थापना गरिएको छ ।

क्षेत्र नं ३ मा ७४ मतदान स्थल र १५५ मतदान केन्द्र छन् । यहाँका निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जिम्मेवारी लिएका छन् भने जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायणनिधि मिथिला संस्कृतिमा केन्द्र तोकिएको छ ।

क्षेत्र नं ४ मा मतदान स्थल ७५ र मतदान केन्द्र १५३ वटा छन् । यहाँका निर्वाचन अधिकृत पुरुषोत्तम खरेल रहने छन् भने निर्वाचनको कार्यालय क्षिलेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा रहेको जनाइएको छ ।

धनुषामा ३२२ मतदान स्थल र ६४५ वटा मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत पुरीले जानकारी दिए । धनुषामा पाँच लाख १४ हजार ५७१ मतदाता रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ४१ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम