साप्ताहिक अर्थसंक्षेप : ६ महिनामा आयो ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, पुनर्निर्माण कोषमा नागरिक लगानी कोषको ५१ लाख, पुँजीगत खर्च बढेन, र वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : ६ महिनामा आयो ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, पुनर्निर्माण कोषमा नागरिक लगानी कोषको ५१ लाख, पुँजीगत खर्च बढेन, र वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

सुध्रिएन सरकारको पुँजीगत खर्च, अर्धवार्षिक अवधिमा १२ प्रतिशतमा सीमित

विगतका वर्षमा जस्तै चालु आर्थिक वर्ष (आव) मा पनि सरकारको पुँजीगत खर्चमा सुधार हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको अर्धवार्षिक अवधिमा सरकारको पुँजीगत खर्च कुल लक्ष्यको तुलनामा गत आवको भन्दा पनि कमजोर बनेर १२.१२ प्रतिशतमा सीमित हुन पुगेको छ ।

जबकी गत आवको अर्धवार्षिक अवधिमा सरकारले १६.१६ प्रतिशत पुँजीगत खर्च गरेको थियो ।

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी गर्न नसकेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले समीक्षा अवधिमा निर्धारित लक्ष्यको ८१.७५ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य राखेकोमा पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोडको लक्ष्य तय गरेको थियो । तर, सो अवधिसम्म सरकारले जम्मा ८१.७५ प्रतिशत अर्थात् ५ खर्ब ८१ अर्ब ४१ करोड मात्रै राजस्व संकलन गरेको हो ।

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता

नयाँ वर्षको अवसरमा टाटाको ‘बिग स्विच’अफर

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्राप्त तथ्यांकअनुसार पुस महिनाको तुलनामा माघमा बैंकहरूको निक्षेपको ब्याजदरमा सामान्य गिरावट आएको छ ।

वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती ब्याजदर पुस महिनामा ४.८६ प्रतिशत रहेकोमा माघ महिनाका लागि घटेर ४.६८ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागततर्फको औसत ब्याजदर पनि पुसको ३.४५ प्रतिशतबाट घटेर माघमा ३.३८ प्रतिशत कायम भएको छ ।

नबिल बैंकका अध्यक्ष चौधरीले ग्रहण गरे शपथ

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध

लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका पूर्वअध्यक्ष एवं शिक्षासेवी सुरेन्द्र तुबन्जा श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

चेम्बरको आज सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगतबहादुर श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा राधेसुन्दर सांयजु चयन भएभने उपाध्यक्षमा चन्द्रभक्त श्रेष्ठ, ज्ञानेन्द्र मानन्धर, माधवप्रसाद प्रजापति र गोकुलप्रसाद प्रजापतिलाई निर्विरोध निर्वाचित गरिएको हो ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ११ बजे

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया