कांग्रेस विवादबारे आयोगले दियो निर्णय, गगनले पाए रुख र चारतारे झण्डा « Khabarhub

कांग्रेस विवादबारे आयोगले दियो निर्णय, गगनले पाए रुख र चारतारे झण्डा


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो ।

यससँगै अब नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसको पक्षमा आएको छ । पुस २७ गतेदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनको पक्षमा कांग्रेसको लिगेसी औपचारिक रुपमा गएको हो ।

आज दुबै पक्षका नेता कार्यकर्ताहरु निर्वाचन आयोग पुगेर आ–आफ्ना दलील पेश गरेका थिए । अहिले निर्वाचन आयोगको कार्यालयअगाडि शेरबहादुर देउवा र गगन थापा पक्षका समर्थकहरु भेला भएका छन् ।

यससँगै गगन थापा पक्षका समर्थकहरु उत्साहित भएका छन् भने शेरबहादुर देउवा पक्षधर समर्थकले नाराजुलुस गरिरहेका छन् । अहिले आयोगको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुलाई आधिकारिकता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

गगन थापा पक्षधरले सभापति देउवाको मञ्जुरीबिना विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसको कलह चुलिएको हो । राजधानीको भृकुटीमण्डपमा आयोजित उक्त महाधिवेशनले गगन थापालाई पार्टीको सभापति चयन गरेको छ ।

उता, आफूखुशी विशेष महाधिवेशन आयोजना गरेको भन्दै देउवा पक्षले विद्रोही नेताहरु गगन थापासहित विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि कांग्रेस फुटको अवस्थामा पुगेको हो ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ३३ बजे

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६