काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई वैधता दिने निर्वाचन आयोगको निर्णय आफूहरुलाई मान्य नहुने बताएका छन् ।
आयोगबाट बाहिरिँदै शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई पार्टीको वैधानिकता दिने निर्णयविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।
आयोगले १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई एकपटक बोलाएर सोधखोज नगरी षड्यन्त्रपूर्ण निर्णय गरेको बताए ।
‘एक पक्षले दाबी गरेकोबारे कांग्रेस १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति अहिले पनि यथावत छ’, उनले भने, ‘निर्वाचन आयोगले एकपटक संस्थापनपक्ष सभापतिलाई एकपटक नबोलाई, निर्वाचन गर्ने प्रक्रियाविरुद्धमा निर्णय आएको छ । यो हामी मान्दैनौँ।’













प्रतिक्रिया