आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ « Khabarhub

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन् । नेपाली कांग्रेसको रुख चिह्न र चारतारे झण्डा थापालाई दिने निर्णय निर्वाचन आयोगले शुक्रबार साँझ गरेको छ।

आधिकारिकता पाएपछि उपसभापति पुष्पा भुसालले यो-त्यो भनेर कांग्रेसलाई विभाजन गर्ने र फरक दृष्टिले हेर्ने सोच नभएको बताइन् ।

अब यो या त्यो भनेर कांग्रेसलाई विभाजन गर्ने र फरक दृष्टिले हेर्ने आफूहरुको सोच नभएको उनले बताइन् ।

आधिकारिकता पाएपछि खबरहबसँग संक्षिप्त कुराकानी गर्दै उपसभापति पुष्पा भुसालले आयोगको यो निर्णयले विधिको स्थापना गरेको बताएकी छिन् । आयोगको निर्णयबाट उनले लोकतन्त्रमाथि विश्वास गर्नेहरूका लागि ठूलो सम्मान मिलेको बताइन् ।

समग्रमा कांग्रेसमा महाधिवेशन प्रतिनिधि र पार्टीलाई एकताबद्ध बनाउने किसिमको निर्णय निर्वाचन आयोगले गरेको बताउँदै उनले पार्टीमा यो या त्यो पक्ष कुनै पनि नभएको जिकिर गरिन् ।

‘लोकतन्त्र मान्ने र पार्टीको विधि विधान मान्ने प्रतिनिधिहरूको विजय भएको छ तर कांग्रेस एकताबद्ध र संगठित भएर अगाडि बढ्छ ।’ भुसालले भनिन्, ‘हामी फुटेको कांग्रेस होइन एकताबद्ध भएको कांग्रेस बनाउँछौँ ।’

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ८ : २७ बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने

एजेन्सी– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक