काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन् । नेपाली कांग्रेसको रुख चिह्न र चारतारे झण्डा थापालाई दिने निर्णय निर्वाचन आयोगले शुक्रबार साँझ गरेको छ।
आधिकारिकता पाएपछि उपसभापति पुष्पा भुसालले यो-त्यो भनेर कांग्रेसलाई विभाजन गर्ने र फरक दृष्टिले हेर्ने सोच नभएको बताइन् ।
अब यो या त्यो भनेर कांग्रेसलाई विभाजन गर्ने र फरक दृष्टिले हेर्ने आफूहरुको सोच नभएको उनले बताइन् ।
आधिकारिकता पाएपछि खबरहबसँग संक्षिप्त कुराकानी गर्दै उपसभापति पुष्पा भुसालले आयोगको यो निर्णयले विधिको स्थापना गरेको बताएकी छिन् । आयोगको निर्णयबाट उनले लोकतन्त्रमाथि विश्वास गर्नेहरूका लागि ठूलो सम्मान मिलेको बताइन् ।
समग्रमा कांग्रेसमा महाधिवेशन प्रतिनिधि र पार्टीलाई एकताबद्ध बनाउने किसिमको निर्णय निर्वाचन आयोगले गरेको बताउँदै उनले पार्टीमा यो या त्यो पक्ष कुनै पनि नभएको जिकिर गरिन् ।
‘लोकतन्त्र मान्ने र पार्टीको विधि विधान मान्ने प्रतिनिधिहरूको विजय भएको छ तर कांग्रेस एकताबद्ध र संगठित भएर अगाडि बढ्छ ।’ भुसालले भनिन्, ‘हामी फुटेको कांग्रेस होइन एकताबद्ध भएको कांग्रेस बनाउँछौँ ।’













प्रतिक्रिया