काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त निर्णयलाई लोकतन्त्र र विधिको शासनमाथिको ‘नाङ्गो प्रहार’ भनेका छन्।
बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेप खुलेआम देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक भएको टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो अवस्था देशको लोकतान्त्रिक व्यवस्था र संविधानका लागि गम्भीर चुनौती हो।
उनले वर्तमान परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताको पक्षमा उभिएका सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक वा पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको धारणा व्यक्त गरेका छन्।
बस्नेतको यो अभिव्यक्ति निर्वाचन आयोगको पछिल्लो निर्णयलाई लिएर राजनीतिक वृत्तमा चर्कँदो बहस भइरहेको समयमा आएको हो।













प्रतिक्रिया