सभापति थापाले भने : कांग्रेसलाई एकताबद्ध बनाएर ‘रिफर्म’को यात्रा सुरु भयो « Khabarhub

सभापति थापाले भने : कांग्रेसलाई एकताबद्ध बनाएर ‘रिफर्म’को यात्रा सुरु भयो


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनपछि पार्टी एकताबद्ध भएको घोषणा गर्दै रिफर्मको यात्रा औपचारिक रूपमा सुरु भएको बताएका छन्।

आज जारी प्रेस विज्ञप्तिमा सभापति थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार निर्णय गरेको स्पष्ट पारे।

उनले यो प्रक्रिया पार्टीभित्र विधि, विधान र पद्धतिको स्थापनाको प्रमाण भएको बताए। थापाका अनुसार कांग्रेस अब नेताको चाहनाले होइन, आम सदस्यको इच्छाले चल्ने पार्टी बनेको छ।

“कांग्रेस आफ्नै मूल मूल्य, मान्यता र आदर्शमा फर्किएको छ,” विज्ञप्तिमा उल्लेख छ। विशेष महाधिवेशनमा सहभागी वा असहभागी, सहमत वा असहमत सबैलाई संयमित र जिम्मेवार भएर एकताबद्ध रहन आग्रह गर्दै उनले यसलाई जय–पराजयको विषय नबनाउन अनुरोध गरेका छन्।

पार्टी नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढिसकेको दाबी गरिएको छ।सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवा लगायत पार्टीका सबै तहका नेताहरूबाट लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण साथ रहने विश्वास व्यक्त गरेका छन्।

अब कांग्रेसमा गुट र गुटगत भागबन्डा नहुने उनको भनाइ छ। विज्ञप्तिमा नेपाली कांग्रेसलाई आम जनताको सार्वजनिक पुँजीको रूपमा व्याख्या गर्दै विगतका कमजोरीप्रति आत्मआलोचना गरिएको र उपलब्धिलाई थप संस्थागत गर्ने संकल्प गरिएको उल्लेख छ।

मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने र सत्ताका लागि अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ। सभापति थापाले संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने कांग्रेसको लक्ष्य पूरा गर्न जनसमर्थन र विश्वास आवश्यक रहेको बताए।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : १६ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले