प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै  « Khabarhub

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन बिच मङ्गलबार मुम्बईमा भेटवार्ता भई भारत–फ्रान्स इनोभेसन वर्ष २०२६ को सयुक्त उद्‌घाटन गर्ने जनाइएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोन फेब्रुअरी १७–१९ सम्म भारतको आधिकारिक भ्रमणमा रहने तथा प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतले आयोजना गरेको “एआई इम्प्याक्ट“ शिखर सम्मेलनमा भाग लिनेसमेत जनाइएको छ । 

फेब्रुअरी–१७ दिउँसो ३ः१५ बजे उनीहरुले मुम्बईको लोक भवनमा द्विपक्षीय छलफल गर्ने आधिकारिक विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा उनीहरूले भारत–फ्रान्स रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गर्ने अपेक्षा गरी गएको छ । 

उनीहरूको छलफल रणनीतिक साझेदारीलाई सुदृढ पार्ने र नयाँ तथा उदीयमान क्षेत्रहरूमा विविधीकरण गर्ने विषयमा केन्द्रित हुने  जनाइएको छ ।  प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोनले क्षेत्रीय र विश्वव्यापी महत्वका सवालहरूमा पनि विचार आदान–प्रदान गर्ने जनाइएको छ ।

म्याक्रोनको भ्रमण रक्षा, अन्तरिक्ष, आणविक ऊर्जा, जलवायु, शिक्षा र जनता–जनता आदानप्रदानमा भारत र फ्रान्स बीचको साझेदारीको पृष्ठभूमिका बिच भएको उल्लेख गरिएको छ ।

विदेश मन्त्रालयका अनुसार मुम्बईमा उनीहरुले एमओयू आदान – प्रदान गर्नेछन् । होटल ताजमहल प्यालेसले भारत–फ्रान्स इनोभेसन फोरमको आयोजना गर्नेछ भने गेटवे अफ इन्डियामा भारत–फ्रान्स इनोभेसन र सांस्कृतिक स्मारकको उद्‌घाटन हुने छ ।

इमानुएल म्याक्रोन र प्रथम महिला मेडम ब्रिगिट म्याक्रोनले फेब्रुअरी १६–१९ मा भारत भ्रमणको क्रममा मुम्बई र दिल्लीकोसमेत भ्रमण गर्ने जनाइएको छ ।

नव प्रवर्तन वर्ष २०२६ दुवै देशहरूमा वर्षभरि मनाइनेछ भने यसले प्रविधि, अनुसन्धान र जनता आदानप्रदानमा सहयोगलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

प्रधानमन्त्री मोदीको निमन्त्रणामा फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भारत भ्रमणले कृतिम बौद्धिकता (एआई)का क्षेत्रमा सहयोग र उदीयमान प्रविधिहरूमा  ध्यान केन्द्रित गर्दै भारत–फ्रान्स रणनीतिक साझेदारीमा निरन्तरताको संकेत गरेको जनाइएको छ ।

नयाँदिल्ली एआईका क्षेत्रमा विश्वको सबै भन्दा महत्वपूर्ण वार्तामा केन्द्रित हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल एआई इम्प्याक्ट एक्सपोको उद्‌घाटन गर्ने तयारी गरेको जनाइएको छ ।

प्रधानमन्त्री मोदीले शिखर सम्मेलन अघि, उनले भारत आएका प्रतिनिधिहरूलाई स्वागत गर्ने र इन्डिया एआई इम्प्याक्ट एक्सपो २०२६ को उद्‌घाटन गर्ने जनाइएको छ ।

फेब्रुअरी १६ – २० सम्म, नयाँ दिल्लीमा आयोजित पहिलो अन्तर्राष्ट्रिय एआई शिखर सम्मेलन ‘इम्प्याक्ट समिट’ विश्वव्यापी  एआई भविष्यलाई आकार दिने बताइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १२ : ४२ बजे

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको

जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा– जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको