ओलीको आग्रह : आफूसँगै आफन्त र छिमेकीलाई पनि एमालेमा मत हाल्न लगाउनुस् « Khabarhub

ओलीको आग्रह : आफूसँगै आफन्त र छिमेकीलाई पनि एमालेमा मत हाल्न लगाउनुस्


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेलाई आफूले मात्र मत दिएर नपुग्ने भएकोले आफ्नालाई पनि एमालेमा मत दिने बनाउन आग्रह गरेका छन् ।

आफू र आफ्ना भए देशैभर एमालेको विजयलाई कसैले रोक्न नसक्ने उनले बताएका छन् ।

सहकारीकर्मीहरूसँग गएराति झापामा भएको भेटघाटमा अध्यक्ष ओलीले आफ्नो मत दिन र आफ्नालाई मत दिलाउन सबै कार्यकर्ता लाग्नुपर्ने बताए ।

‘पहिला आफू प्रष्ट हुनुहोस , देशका लागि सम्झनुहोस । सूर्य चिन्हमा मत दिनुहोस ’ अध्यक्ष ओलीले भने, ‘त्यसपछि आफन्त, छिमेकी सबैलाई सम्झाएर एमालेमा मत हाल्ने बनाउनुहोस ।’

‘मैले भेटेका धेरैजनाले हामी सहयोग गर्छौं भन्नुहुन्छ’, ओलीले भने, ‘अहिले तपाईंहरूले दुईवटा सहयोग गर्नुपर्छ । एउटा आफ्नो मत दिने र अर्को आफ्नाहरूको मत दिलाउने ।’

अध्यक्ष ओलीले आफूले मात्र मत दिएर नपुग्ने भएकोले शानदार विजयका लागि आफ्नाहरुको पनि मत दिलाउनु पर्ने बताएका छन् ।

निर्वाचनका बेला सबै पेशा र व्यावशायका मानिसहरू आफ्नो ठाउँबाट पार्टीको तर्फमा जनमत बढाउन प्रयत्न गर्नुपर्ने बताएका छन् ।

उनले झापा ५ मा आफ्नो पालामा भएका विकासका काम नै निर्वाचन जित्ने प्रमुख आधार भएको बताए ।

‘हाम्रो सरकार हुँदा बजेट विनियोजन गरिएका यस क्षेत्रका केही सडकको बजेट हामी सरकारबाट हटेपछि काटियो,’ उनले भने, ‘जसले गर्दा यस वर्ष हुनुपर्ने काम ठप्पै भए । तर यो अवस्था लामो समय रहँदैन ।’

अध्यक्ष ओलीले सानो बचत र सानै लगानीले मानिसको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले सहकारी अभियान सुरु गरिएकोमा अहिले केही व्यक्तिले त्यसको व्यापक दुरुपयोग गरेको बताए ।

‘जनताले गाँस काटेर बचत गरेको रकममा केही व्यक्तिले ठगी गरेका छन् । सहकारी लुटिएका छन्’, अध्यक्ष ओलीले भने, ‘आफ्नो सहकारीलाई पारदर्शी बनाउनुस् । जनताको आर्थिक स्थिति उकास्न सहयोग पुग्ने गरी लगानी गर्नुहोस । ’

देशको अर्थतन्त्रको महत्वपूर्ण आधार नै सहकारी भएको उनले बताएका छन् । अध्यक्ष ओलीले राष्ट्रिय र स्थानीय विकासका एजेण्डालाई जनतामाझ लैजान पनि आग्रह गरेका छन् ।

‘अहिले राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति पनि ठिक छैन’, उनले भने, ‘एमालेविरुद्ध सबै एक भएर लागेका छन् । हामीले यस्ता सबै घेराबन्दी तोड्न एमाले सक्षम छ भनेर पुष्टि गर्नुपर्छ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १ : ०६ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस