चितवनका मतदाता फकाउँदै रवि भन्छन् : मसँग इमानबाहेक अरू केही पनि छैन « Khabarhub

चितवनका मतदाता फकाउँदै रवि भन्छन् : मसँग इमानबाहेक अरू केही पनि छैन


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् ।

सोमबार चितवनको कालिका नगरपालिका–३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको बताए ।

उनले आफूसँग इमानबाहेक अरू केही पनि नरहेको पनि बताएका छन् । ‘मसँग इमानबाहेक केही छैन, इमान डगमगाउन दिन्नँ’, उनले भने, ‘सुकुम्बासी समस्या अब नरहने गरि समाधान हुन्छ।’

आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने उनले बताए । यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोशिस गर्दागर्दै पनि पूरा गर्न नसकिएको उनले बताएका छन् ।

उनले सुकुम्वासीको समस्या आयोग बनाएर नै दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

कालिका– ३ मा स्थानीयले सुकुम्वासी समस्या समाधानका लागि पटक पटक आश्वासन पाए पनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : ०२ बजे

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी