डाँडापारी ‘कफी-जडीबुटी ड्रिम प्रोजेक्ट’ योजनासहित भोट माग्दै अमित लामा « Khabarhub

डाँडापारी ‘कफी-जडीबुटी ड्रिम प्रोजेक्ट’ योजनासहित भोट माग्दै अमित लामा


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै विकास योजना प्रस्तुत गरेका छन्।

लामाले खानीखोला र महाभारतलाई कफी उत्पादनको पकेट क्षेत्र बनाउने वचन दिएका छन् । उनले स्थानीय उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

डाँडापारीलाई नेपालकै नमुना जडीबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने आफ्नो ‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक गर्दै परियोजना सफल पार्न जनताको साथ चाहिने उनले बताए ।

यो परियोजना सुरू भएपछि गाउँमै रोजगारी सिर्जना हुने र युवा विदेश जान नपर्ने उनले बताएका छन्। शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारलाई पनि प्राथमिकतामा राख्ने लामाले बताए ।

घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पूर्वमन्त्री चन्द्र लामा, बागमती प्रवेश कमिटी सदस्य दिलीप लामा, राकेश लामा, चन्द्र लामा र जिल्ला कमिटी उपाध्यक्ष देवसागर लामा लगायत थिए ।

यसैबीच, महाभारत गाउँपालिका–८ घर्तीछापमा आयोजित कार्यक्रममा घनश्याम आले लगायत एमाले प्रवेश गरेका छन्।

आले एमाले विभाजनअघि क्षेत्रीय कमिटी उप–सचिव थिए । तर त्यसपछि उनी एकीकृत समाजवादी पार्टीमा रहे।

प्रवेश गर्ने अन्यमा कोपिला आले, जानकी आले, टंकबहादुर आले, पञ्चलाल जर्घा, गुणमाया अस्तानी, लोकमाया जर्घा, सुकमान घलान, देवराज घिसिङ, विकमान वाइवा, रमेश लामा, समर्पण वाइबा, जितबहादुर सिंतानेश, नेत्रबहादुर दर्लानी र सुरेश थिङ छन्।

महाभारत गाउँपालिका–२ बाट पनि धनकाजी मोक्तान, मान बहादुर घिसिङ, धन बहादुर घिसिङ एमाले प्रवेश गरे।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : २२ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक