देश बनाउनेलाई मतदान गर्नुस् : अध्यक्ष लिङ्देन « Khabarhub

देश बनाउनेलाई मतदान गर्नुस् : अध्यक्ष लिङ्देन


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् ।

आजदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका हुन् । 

‘देश अहिले संकटमा छ, देश रहन्छ कि रहँदैन’, अध्यक्ष लिङ्देनले भने, ‘देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस् ।’

 उनले यस क्षेत्रमा उल्लेखनीय विकास भए पनि अझै धेरै काम गर्न बाँकी रहेको र भविष्यमा त्यो पूरा गर्ने मतदातालाई आश्वासन दिए।

सो क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा २८ वटा वडाका एक लाख ४० हजार ८५७ मतदाता छन् । यस निर्वाचन क्षेत्रअन्तर्गत कचनवल गाउँपालिकाका १ देखि ७ सम्म सबै, हल्दिबारीका १ देखि ५ सम्म सबै र बाह्रदशी गाउँपालिकाका सबै वडाहरू पर्दछन् । 
 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ६ : ४६ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो