स्वरोजगारका लागि सीपमूलक तालिम « Khabarhub

स्वरोजगारका लागि सीपमूलक तालिम


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ ।

आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार, द्वन्द्वपीडित तथा विदेशबाट फर्केका व्यक्तिलाई लक्षित गरी नगरपालिकाले चालु आर्थिक वर्षमा लघु तथा घरेलु उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरेको हो ।

कार्यक्रमअन्तर्गत काष्ठकला सम्बन्धी २०, ग्यास चुलो मर्मत सम्बन्धी २०, गुन्द्री बनाउने २०, खेलौना बनाउने १३, अटो ड्राइभिङ २०, दुना–टपरी बनाउने २० र फुट मसाज (सुत्केरी स्याहार) सम्बन्धी २० जनाले तालिम लिएका छन् ।

तालिम लिएका व्यक्तिलाई व्यवसाय सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आवश्यक सामग्री पनि अनुदानमा उपलब्ध गराइएको कार्यक्रमका उद्यम विकास सहजकर्ता धनबहादुर चौधरीले बताए ।

‘तालिमसँगै आवश्यक सामग्री उपलब्ध गराएर लक्षित समूहका व्यक्तिलाई आत्मनिर्भर बनाउने प्रयास गरेका छौँ,’ उनले भने, ‘तालिम लिएका मध्ये धेरैजना स्वरोजगारमा संलग्न भई व्यवसायिक गतिविधि सञ्चालन गरिरहेका छन् ।’ तालिम लिएकामध्ये ३९ जनाले आफ्नै व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

दुना–टपरी बनाउने तालिम लिएकी सरिता चौधरीले तालिमपछि दुना–टपरी उत्पादन गरी बजारमा बिक्री गरेर आम्दानी गर्न थालेको बताइन् । तालिम लिएर आधुनिक सिलाइ मेसिन अनुदानमा प्राप्त गरेका जगतबहादुर सिंहले गार्मेन्ट व्यवसाय विस्तार गर्न तालिमले सहयोग पुगेको बताए ।

तालिम लिनेमा १८ वर्ष देखि ५५ वर्ष समूहका छन् । जसमा धेरैजसो महिला छन् । नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले ‘हात–हातमा सीप र घर–घरमा रोजगारी’ पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए । (रासस)

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : ५४ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत