असिनाले फलफूल र तरकारी बालीमा क्षति « Khabarhub

असिनाले फलफूल र तरकारी बालीमा क्षति


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा क्षति पुगेको छ ।

असिनाका कारण पोखरा महानगरपालिका–१३, १४, २६, ३० लगायतका वडामा तरकारी तथा फलफूल खेतीमा क्षति पुर्यायको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । 

सुन्तला, आँप, लिची जस्ता फलफूलमा फूल फुल्न लागेका अवस्थामा आएको असिनाले क्षति बनाएको हो । असिनाले लसुन, प्याज, तरबुजा आदि खेतीमा पनि असर परेको उनले बताए।

बर्सेनि क्षति पुग्ने गरेकाले असिना छेक्ने जाली उपलब्ध गराउनुपर्ने किसानको माग छ । पछिल्ला वर्षमा असिना छेक्ने जालीको प्रयोगलाई बढाउँदै लगिएको शाखा प्रमुख कडरियाले बताए। महानगरपालिकाले हालसम्म करिब ५०० थान जाली ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइसकेको उनको भनाइ छ ।

कृषि बिमातर्फको आकर्षण पनि बिस्तारै बढ्दै गएको उल्लेख गर्दै उनले तरबुजा खेती गर्ने किसानले कृषि बिमा गरेको पाइएको उनले बताए। असिना, हावाहुरीलगायत प्रकृतिजन्य प्रकोपका कारण बर्सेनि किसान समस्यामा पर्ने गरेका अगुवा किसान रमेश आचार्य बताउँछन्। 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १ : ५९ बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय