कान्ति र भक्तपुर क्यान्सर अस्पताल सम्झौता : बालबालिकाको क्यान्सर उपचारमा सहजता « Khabarhub

कान्ति र भक्तपुर क्यान्सर अस्पताल सम्झौता : बालबालिकाको क्यान्सर उपचारमा सहजता


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच बालबालिकाको क्यान्सर उपचार सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार अब उपचार योजनाको समन्वय दुवै अस्पतालका चिकित्सकले मिलेर गर्ने, एक अस्पतालमा नभएको सेवा अर्को अस्पतालले उपलब्ध गराउने, चिकित्सक सेवा आदानप्रदान, तालिम दिने लगायतका कामहरू हुने भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए ।

यो सम्झौताले सरकारी अस्पतालबिच बालबालिकाको क्यान्सर उपचार सम्बन्धी सेवा आदानप्रदान गर्न सहजीकरण हुने विश्वास लिएको उनले बताए ।

विशेष गरी कान्ति अस्पतालमा नभएका सेवाहरू लिन सहज हुने र निकट भविष्यमा पेट स्क्यान, बोन म्यारो ट्रान्सप्लान्ट लगायतका सुविधा पनि उपलब्ध गराइने उनको भनाइ छ ।

भक्तपुर क्यान्सर अस्पतालले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क प्रदान गर्दै आएको छ। यहाँ स्वास्थ्य बिमा कार्यक्रम मार्फत पनि सेवा लिन सकिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ४ : ०५ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक