कान्ति र भक्तपुर क्यान्सर अस्पताल सम्झौता : बालबालिकाको क्यान्सर उपचारमा सहजता « Khabarhub

कान्ति र भक्तपुर क्यान्सर अस्पताल सम्झौता : बालबालिकाको क्यान्सर उपचारमा सहजता


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच बालबालिकाको क्यान्सर उपचार सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार अब उपचार योजनाको समन्वय दुवै अस्पतालका चिकित्सकले मिलेर गर्ने, एक अस्पतालमा नभएको सेवा अर्को अस्पतालले उपलब्ध गराउने, चिकित्सक सेवा आदानप्रदान, तालिम दिने लगायतका कामहरू हुने भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए ।

यो सम्झौताले सरकारी अस्पतालबिच बालबालिकाको क्यान्सर उपचार सम्बन्धी सेवा आदानप्रदान गर्न सहजीकरण हुने विश्वास लिएको उनले बताए ।

विशेष गरी कान्ति अस्पतालमा नभएका सेवाहरू लिन सहज हुने र निकट भविष्यमा पेट स्क्यान, बोन म्यारो ट्रान्सप्लान्ट लगायतका सुविधा पनि उपलब्ध गराइने उनको भनाइ छ ।

भक्तपुर क्यान्सर अस्पतालले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क प्रदान गर्दै आएको छ। यहाँ स्वास्थ्य बिमा कार्यक्रम मार्फत पनि सेवा लिन सकिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ४ : ०५ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ