बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस « Khabarhub

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति बारामा भुइँचालो गएको छ।

बारा क्षेत्र नम्बर ३ मा उठेका सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई हराउन अन्तरघात गरेको भन्दै जिल्ला सभापतिसहित १६ जनालाई कारबाहीका लागि क्षेत्रीय समितिले सिफारिस गरेको हो ।

कारबाही सिफारिसमा पर्ने १६ जनामा सभापति राजेश राय यादवसमेत छन् । उनीहरूलाई कारबाहीका लागि केन्द्रीय कार्यसमितिसमक्ष क्षेत्रीय समितिले सिफारिस गरेर पठाएको हो ।

बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस गरेको क्षेत्रीय सचिव राजेश भण्डारीले बताए ।

उनका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार सह-महामन्त्री मन्सुरलाई असहयोग र अन्तरघातमा संलग्न जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस गरिएको हो ।

उनीहरूलाई पार्टी संगठनात्मक अनुशासन उल्लङ्घन, गुटगत गतिविधि गरेको र फागुन २१ को निर्वाचनमा पार्टी निर्णयविपरीत काम गरेको आरोप लगाइएक छ।

कारबाही सिफारिसबारे केन्द्रीय कार्यसमितिले आवश्यक छानबिनपछि निर्णय लिने बताइएको छ। गत पुसमा भएको विशेष महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष बढारिँदा कांग्रेसभित्रको शक्ति संघर्ष फागुन २१ गतेको निर्वाचनमा छताछुल्ल भएको छ।

कारबाही सिफारिसमा परेकाहरू :

राजेश राय यादव-जिल्ला सभापति, बारा
हरिप्रवेश यादव-सभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
श्रीनिवास यादव-उपसभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख)
केदार साह-उपसचिव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
अम्बिका यादव-उपसभापति, कलैया उपमहानगर कार्यसमिति
बजरंगी साह-महाधिवेशन प्रतिनिधि, क्षेत्र नं. २
भोला राय यादव-सभापति, कलैया उ.म.न.पा. वडा नं. ६
रामप्रवेश यादव-सभापति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २
रवीन्द्र यादव (रोवान)-जिल्ला सदस्य
रविकरण साह कलवार-जिल्ला सदस्य
नाजिर अन्सारी-सहसचिव, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३
दीपेन्द्र पटेक-कार्यवाहक अध्यक्ष, नेपाल तरुण दल बारा
मो. अतिउर रहमान (पपपु)-सदस्य, मधेश प्रदेश कार्यसमिति
अवधेश यादव-प्रदेश महाधिवेशन प्रतिनिधि, क्षेत्र नं. ३ (२) ख
हरि यादव (हरिन्द्रप्रसाद राउत)-क्षेत्रीय प्रतिनिधि, वडा नं. ५ (कलैया)

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ४ : ४९ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा