यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड « Khabarhub

यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

चुस्त कर प्रणालीले बढायो राजस्व, नवीकरण र जाँचपासमा कडाइ


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु – यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको ९ महिनामा २३ करोड ३० लाख १६ हजार २२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र र सवारी दर्तालगायतका शीर्षकमा उक्त रकम सङ्कलन भएको हो ।

कार्यालय प्रमुख टेकबहादुर नेपालीका अनुसार सबैभन्दा बढी सवारीसाधन करबाट १९ करोड २४ लाख २२ हजार २७० रुपैयाँ उठेको छ । यस्तै, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत ३ करोड ७४ लाख ९२ हजार २३४ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबापत २३ लाख २९ हजार ९९० र अन्य प्रशासनिक सेवा शुल्कबापत ७ लाख ७१ हजार ५२८ रुपैयाँ सङ्कलन भएको छ ।

कर सङ्कलनलाई प्रभावकारी बनाउन कार्यालयले चैत महिनामा विशेष अभियान नै सञ्चालन गरेको थियो । “यो अभियानअन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रुट परमिट तथा चालक अनुमतिपत्रको जाँचलाई प्राथमिकता दिइएको थियो,” प्रमुख नेपालीले भने, “प्रदेश सरकारको लक्ष्यअनुसार कर प्रक्रियालाई चुस्त बनाउँदा राजस्व सङ्कलनमा सुधार आएको हो ।”

सेवाग्राहीको चापलाई मध्यनजर गर्दै कार्यालयले छुट्टै काउन्टर र अतिरिक्त कर्मचारीको व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले जानकारी दिए । उनले सेवा लिने प्रक्रियालाई छिटो र पारदर्शी बनाउन कागजात तथा आवश्यक जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए ।

गत आव २०८१/८२ को सोही अवधिमा कार्यालयले २३ करोड ५४ लाख ३० हजार ९८० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्षको सङ्कलन रकम केही न्यून देखिए पनि चैतको विशेष अभियानपछि राजस्वको दरमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ८ : १७ बजे

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार