रास्वपाले तोक्यो सांसद र मन्त्रीको मासिक लेबी दर « Khabarhub

रास्वपाले तोक्यो सांसद र मन्त्रीको मासिक लेबी दर


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पदाधिकारी तथा सांसदहरूबाट मासिक लेबी उठाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीका विभिन्न तहका जनप्रतिनिधि र स्वकीय सचिवहरूको लेबी दर निर्धारण गरेको हो ।

निर्णयअनुसार मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ, सांसदहरूले १६ हजार ५०० रुपैयाँ र मन्त्री तथा सांसदका स्वकीय सचिव (पीए)हरूले २ हजार रुपैयाँ लेबी तिर्नुपर्नेछ ।

पार्टीका संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार यो रकम पार्टीको संगठन सुदृढीकरण, चुनावी तयारी तथा अन्य आन्तरिक गतिविधिमा प्रयोग गरिनेछ । रास्वपा हाल संघीय सरकारमा सहभागी छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : २५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण