लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता « Khabarhub

लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड काउचोइसले भेटवार्ता गरेका छन् ।

कृषि मन्त्रालयमा भएको भेटमा उनीहरूबीच कृषि क्षेत्रको विकास, लगानी विस्तार, सहकार्य सुदृढ गर्नेलगायत विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । 

सो अवसरमा मन्त्री चौधरीले अबदेखि दातृ निकायको लगानी आयोजनामा प्रशासनिक लागत कम गर्ने उद्देश्यले पाँचतारे होटलमा कार्यक्रम नराख्ने बताइन्। उनले लक्षित सामुदायिक र क्षेत्रमा सो रकम लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा समग्र आर्थिक सामाजिक विकासमा एडीबीको निरन्तर सहयोगको प्रशंसा गरे।

हाल सञ्चालनमा रहेका उच्च मूल्यका कृषि बाली तथा फलफूल विकाससम्बन्धी परियोजनाहरूका विषयमा छलफल भएको थियो । त्यस्ता कार्यक्रमबाट प्राप्त उपलब्धि सकारात्मक भए पनि कार्यान्वयनका क्रममा देखिएका नीतिगत तथा प्रक्रियागत चुनौती समाधान गर्नुपर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

साथै बीउविजन र नर्सरी व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्दै परियोजना कार्यान्वयनलाई थप प्रभावकारी र द्रूत बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताए। सो अवसरमा एडिबीले प्रस्ताव गरेको नेपाल हरित तथा उत्थानशील वित्तीय सुविधालाई मन्त्रालयले सकारात्मक रूपमा लिएको मन्त्री चौधरीले उल्लेख गरेका थिए ।

छलफलमा जलवायु अनुकूल कृषि, साना तथा मझौला कृषि उद्यम तथा नवप्रवर्तनमा लगानी विस्तार गर्ने विषयमा छलफल भएको थियो । 

यसैगरी, भू-जल पुनर्भरण (वर्षा वा सतहको पानी जमिनमुनि सोसिएर पुग्ने र भूमिगत जलभण्डारलाई पुनः भर्ने प्राकृतिक वा कृत्रिम प्रक्रिया), अनुसन्धान तथा निजी क्षेत्रको संलग्नता बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ४ : ५९ बजे

पूर्वऊर्जामन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री दीपक

अत्यधिक रिपोर्टले ‘सस्पेन्ड’मा पर्‍यो हर्कको फेसबुक पेज

काठमाडौं- करिब १४ लाख फलोअर भएको श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली

सभामुखसँग एनएफपिजेका प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डिपी अर्यालसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालमा