प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे « Khabarhub

प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले सरकारको नीति तथा कार्यक्रममा समेटिन नसकेका प्रविधिसम्बन्धी विषयलाई आगामी बजेटमार्फत सम्बोधन गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल मोबाइल व्यवसायी महासंघ को महाधिवेशन उद्‌घाटन कार्यक्रममा बोल्दै आङदेम्बेले नीति तथा कार्यक्रममा प्रविधि क्षेत्रका धेरै महत्वपूर्ण विषय छुटेको उल्लेख गरे। उनले ती विषयलाई बजेटमार्फत समेटेर सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

उनले नीति तथा कार्यक्रममाथिको छलफललाई केही घण्टामै सीमित गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै यसअघि तीन दिनसम्म हुने छलफल छोट्याएर सरकारले आवश्यक संसदीय प्रक्रिया पूरा नगरेको आरोप लगाए। यद्यपि प्रि–बजेट छलफलमा भने पर्याप्त समय दिएर व्यापक बहस हुने विश्वास उनले व्यक्त गरे।

आङदेम्बेले विगतमा जस्तो विरोधका लागि मात्रै विरोध गर्ने प्रतिपक्षको शैली अब नदोहोरिने बताउँदै परिणाममुखी काममा प्रतिपक्षले सरकारलाई साथ दिने धारणा राखे। तर सरकारका पछिल्ला गतिविधि हेर्दा अपेक्षित परिणाम दिने दिशामा स्पष्ट तयारी देखिन नसकेको उनको भनाइ थियो ।

उनले सकारात्मक सोचका साथ सरकारका राम्रा कामलाई समर्थन गर्ने र कमजोरी तथा त्रुटिमा सचेत गराउने भूमिकामा प्रतिपक्ष प्रस्तुत भएको पनि बताए।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  २ : ०६ बजे

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन