प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे « Khabarhub

प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे


२ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले सरकारको नीति तथा कार्यक्रममा समेटिन नसकेका प्रविधिसम्बन्धी विषयलाई आगामी बजेटमार्फत सम्बोधन गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल मोबाइल व्यवसायी महासंघ को महाधिवेशन उद्‌घाटन कार्यक्रममा बोल्दै आङदेम्बेले नीति तथा कार्यक्रममा प्रविधि क्षेत्रका धेरै महत्वपूर्ण विषय छुटेको उल्लेख गरे। उनले ती विषयलाई बजेटमार्फत समेटेर सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

उनले नीति तथा कार्यक्रममाथिको छलफललाई केही घण्टामै सीमित गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै यसअघि तीन दिनसम्म हुने छलफल छोट्याएर सरकारले आवश्यक संसदीय प्रक्रिया पूरा नगरेको आरोप लगाए। यद्यपि प्रि–बजेट छलफलमा भने पर्याप्त समय दिएर व्यापक बहस हुने विश्वास उनले व्यक्त गरे।

आङदेम्बेले विगतमा जस्तो विरोधका लागि मात्रै विरोध गर्ने प्रतिपक्षको शैली अब नदोहोरिने बताउँदै परिणाममुखी काममा प्रतिपक्षले सरकारलाई साथ दिने धारणा राखे। तर सरकारका पछिल्ला गतिविधि हेर्दा अपेक्षित परिणाम दिने दिशामा स्पष्ट तयारी देखिन नसकेको उनको भनाइ थियो ।

उनले सकारात्मक सोचका साथ सरकारका राम्रा कामलाई समर्थन गर्ने र कमजोरी तथा त्रुटिमा सचेत गराउने भूमिकामा प्रतिपक्ष प्रस्तुत भएको पनि बताए।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  २ : ०६ बजे

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।