प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी « Khabarhub

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको लोगो दुरुपयोग गरी धम्की, प्रभाव वा दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत प्रधानमन्त्री वा कार्यालयको नाम प्रयोग गरेर अनुचित प्रभाव पार्ने, धम्की दिने तथा व्यक्तिलाई भ्रममा पार्ने कार्य भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको हो ।

विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादाविपरीत भय र त्रास सिर्जना गर्ने, अपमानित गर्ने तथा गलत सूचना फैलाउने कार्य निन्दनीय भएको उल्लेख गरिएको छ ।

यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारिएको छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  २ : २९ बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति