गण्डकी अस्पतालको आकस्मिक विभागलाई ह्विलचियर « Khabarhub

गण्डकी अस्पतालको आकस्मिक विभागलाई ह्विलचियर


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गण्डकी– शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर सामाजिक योगदान पुर्‍याउँदै आएको हेड्स नेपालको ३३औँ स्थापना दिवसका अवसरमा मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गरिएको छ । संस्थाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) को आकस्मिक विभागलाई पाँच थान ह्विलचियर हस्तान्तरण गरेको हो ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा हेड्स नेपाल कास्कीका अध्यक्ष हरिबहादुर भट्टराईले अस्पतालका इमर्जेन्सी विभाग तथा जनरत ओपिडी प्रमुख प्रा.डा नारायणसिंह गुरुङलाई ह्विलचियर हस्तान्तरण गरे। 
    
आकस्मिक उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले ह्विलचियर सहयोग गरिएको अध्यक्ष भट्टराईको भनाइ छ ।
 
सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर हेड्स नेपालले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै उनले स्वास्थ्य सेवामा समान्य सहयोगले पनि बिरामी र उनका परिवारलाई महत्वपूर्ण राहत पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिइने बताए ।

ह्विलचियर ग्रहण गर्दै प्रा.डा गुरुङले अस्पतालमा दैनिक ठूलो सङ्ख्यामा बिरामी आउने भएकाले यस्ता सामग्री अत्यन्त उपयोगी हुने बताउँदै हेड्स नेपालको सहयोगले आकस्मिक कक्षको सेवा प्रवाहलाई थप सहज बनाउने विश्वास व्यक्त गरे। अस्पताललाई जनशक्ति, भौतिक पूर्वाधार र प्रविधियुक्त सुविधा सम्पन्न बनाउँदै जनताको उपचारमा सहज एवम् प्रभावकारी बनाउन तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो ।

अस्पतालमा विभिन्न विभागबाट सदर दैनिक दुई हजार जना बिरामीले स्वास्थ्य सेवा लिँदै आएका छन् भने आकस्मिक कक्षबाट मात्र मासिक तीन हजार ५०० भन्दा बढीले सेवा लिँदै आएको इमर्जेन्सी इन्चार्ज नरेन्द्र ठकुरीले जानकारी दिए । ६१ जना कर्मचारी कार्यरत रहेको विभागमा अहिले पनि मेडिकल अधिकृतको खाँचो रहेको उनको भनाइ छ ।

हेड्स नेपालका उपाध्यक्ष अर्जुनप्रसाद श्रेष्ठका अनुसार स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा सामाजिक सेवासँग जोड्दै आएको संस्थाले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम अघि बढाएको बताए। 

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ५ : २६ बजे

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर

भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’

पोखरा – पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने

बीमाको लोभमा ‘चोरी’को नाटक : आफ्नै सुन पसल लुटिएको भन्दै उजुरी दिने सञ्चालक नै पक्राउ

बुटवल – बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा