पर्वतका किसानलाई माछाका भुरा निःशुल्क वितरण « Khabarhub

पर्वतका किसानलाई माछाका भुरा निःशुल्क वितरण


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शतप्रतिशत अनुदानमा पर्वतका ५७ जना किसानलाई एक लाख २३ हजार माछाका भुरा विवरण गरेको जानकारी दिएको छ । 
    
व्यावसायिक रूपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न किसानको पोखरीमा नै पुगेर माछा विवरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध किसानबाट निवेदन संकलन गरी सबै किसानलाई माछाका भुरा उपलब्ध गराइएको छ । किसानको पोखरीको क्षमता र मागका आधारमा भुराहरू उपलब्ध गराइएको उनले बताए। 

कार्यालय प्रमुख श्रेष्ठले वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत रु दुई लाख बजेट विनियोजन गरेर माछाका भुरा वितरण गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय हावापानीसँग सहज रूपमा हुर्कन सक्ने कमनकार्प जातका भुरा किसानलाई उपलब्ध गराइएको हो । 

‘यो जातको माछा एक वर्षमै करिब दुई किलोसम्म पुग्ने भएकाले किसानलाई राम्रो आम्दानी लिन सहज हुन्छ,’ उनले भने ।

कार्यालयले मत्स्य अनुसन्धान केन्द्र वेगनासपोखराबाट माछाका भुरा खरिद गरी किसानलाई विवरण गरेको जनाएको छ । यो केन्द्र नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत सञ्चालनमा रहेको मत्स्य अनुसन्धान संस्था हो । 

यस कार्यक्रमले जिल्लामा व्यावसायिक मत्स्यपालन विस्तारसँगै किसानको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ ।

पर्वतको मोदी, कुश्मा, फलेवास, जलजला र पैँयूमा व्यावसायिक माछापालन गरिँदै आएको छ । पछिल्लो समय माछाको उपभोग गर्ने उपभोक्ताहरूको सङ्ख्या समेत बढ्दै गएकाले माछाका भुरा माग गर्ने किसानको सङ्ख्या पनि बढेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ५ : ३६ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ