ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड « Khabarhub

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिएको छ । 

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई श्रव्यदृश्यका माध्यमबाट शुक्रबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले उक्त कुरामा जोड दिए। 

संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार मन्त्री खनालले वैश्विक ऊर्जा तथा आपूर्ति शृङ्खलामा आइरहेका अवरोधहरू र त्यसले दिगो विकासमा पार्ने असरहरुबारे मन्तव्य व्यक्त गर्दै पश्चिम एसियाको द्वन्द्वले नेपाललाई प्रभावित पारेको बताए। 

मन्त्री खनालले भने, ‘पश्चिम एसिया द्वन्द्वले त्यहाँ काम गर्ने २० लाखभन्दा बढी नेपालीका परिवारलाई बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको सुस्तीले जीवनमा प्रत्यक्ष असर पारिरहेको छ ।’

द्वन्द्वका कारण उत्पन्न संकटमा सबैभन्दा बढी भार साना र अतिकम विकसित राष्ट्रहरूलाई परेकाले ती देशलाई एक्लै नछाडी हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी भएको मन्त्री खनालले बताए।  

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ५ : ५७ बजे

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र