अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दूतावास « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दूतावास


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली अल–जैदीबीच ह्वाइट हाउसमा भेटवार्ता हुने बगदाद स्थित अमेरिकी दूतावासले मङ्गलबार जनाएको छ । राष्ट्रपतिका विशेष दूत ब्याराकले राष्ट्रपति ट्रम्प यस सम्बन्ध बारे छलफल गर्न जुलाईको मध्यमा ह्वाइट हाउसमा प्रधानमन्त्री अल–जैदीलाई स्वागत गर्न तत्पर रहेको बताएका छन् ।

इराकी नेता र इराकका लागि ट्रम्पका विशेष दूत टम ब्याराकको संयुक्त विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको जनाइएको छ । इराकको राजधानी बगदादको बाराकको भ्रमणका क्रममा उनले इराकका सशस्त्र समूहहरूलाई निशस्त्रीकरण र विघटन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्दा यस्तो घोषणा गरिएको जनाइएको छ । अमेरिकाले हालै इरान समर्थित समूहहरूलाई निशस्त्र बनाउन बगदाद माथि दबाब बढाएको छ ।

मे महिनाको सुरुमा, वासिङ्टनले उक्त समूहहरू विरुद्ध “ठोस कदम“ चालेपछि इराकमा वित्तीय हस्तान्तरण र सुरक्षा सहयोग पुनः सुरु गर्ने प्रतिवद्धता गरेको थियो । अप्रिल ८ मा युद्धविराम लागु हुनु अघि फेब्रुअरीको अन्त्यमा मध्यपूर्व युद्ध सुरु भए पछि सशस्त्र समूहहरूले इराकमा अमेरिकी सुविधाहरू विरुद्ध आक्रमणहरू सुरु गरेका थिए ।

अमेरिकाले केही गुटहरूमा पनि आक्रमण गरेको छ, जसले वासिङ्टन र बगदादबिचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ । गत मे महिनाको मध्यमा कार्यभार सम्हालेका अल–जैदीले राज्यले हतियारमा एकाधिकार कायम राख्ने आश्वासन दिएका छन् । उनले वासिङ्टनसँग व्यापार र लगानी सम्बन्धलाई मझभुत बनाउने इराकको प्रतिबद्धतालाई पनि दोहोर्‍याएका छन् ।

इरान र संयुक्त राज्य अमेरिकाले सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्ने सम्झौताको घोषणा गरेका थिए । इराक लामो समयदेखि संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धको मैदान बनेको छ, भने सरकारका प्रतिनिधिहरूले गातार तिनीहरूबीच सन्तुलन कायम राख्नका लागि वार्ता गरिरहेका छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ४ : ४१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले