ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य « Khabarhub

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था गर्दै ‘ओभर–द–टप’ (ओटीटी) प्लेटफर्मलाई दर्ता तथा नियमनको दायरामा ल्याएको छ ।

राष्ट्रिय प्रसारण नियमावली, २०५२ संशोधन गरी नेपालभित्र सेवा दिने स्वदेशी तथा विदेशी ओटीटी प्लेटफर्मलाई अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था लागु गरिएको हो ।

नेपाल राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालमा सामग्री प्रसारण गर्ने वा सेवा उपलब्ध गराउने सबै ओटीटी प्लेटफर्मले सरकारी स्वीकृति लिनुपर्नेछ । यससँगै लामो समयदेखि औपचारिक कानुनी संरचनाबिना सञ्चालन हुँदै आएका डिजिटल स्ट्रिमिङ सेवा प्रदायकहरू पहिलोपटक स्पष्ट नियामकीय व्यवस्थाभित्र आउने भएका छन् ।

डिजिटल प्रविधिको तीव्र विस्तारसँगै बढ्दो ओटीटी प्रयोगलाई व्यवस्थित गर्न सूचना तथा सञ्चार मन्त्रालयले नियमावली संशोधन गरेको हो । मन्त्रालयका अनुसार परम्परागत रेडियो तथा टेलिभिजनजस्तै डिजिटल प्रसारण सेवाको प्रभाव बढ्दै गएपछि समान नियमन आवश्यक भएको निष्कर्षका आधारमा नयाँ व्यवस्था लागु गरिएको हो ।

संशोधित नियमावलीले विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्मका लागि इजाजतपत्र, शुल्क तथा सञ्चालनसम्बन्धी मापदण्डसमेत निर्धारण गरेको छ । नयाँ व्यवस्थाअनुसार विदेशी ओटीटी कार्यक्रम नेपालमा डाउनलिंक गरी प्रसारण गर्न प्रति प्लेटफर्म १० लाख रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै, अनुमति प्राप्त विदेशी ओटीटी सामग्रीको सिग्नल वितरणका लागि २५ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

ओटीटी प्रसारण सेवा सञ्चालन गर्न एक करोड रुपैयाँ इजाजतपत्र शुल्क निर्धारण गरिएको छ । विदेशी कार्यक्रमको प्रसारण अधिकार वा प्रत्यक्ष प्रसारण स्वीकृतिका लागि पाँच लाख रुपैयाँ तथा अनलाइन रेडियो सञ्चालनका लागि ५० हजार रुपैयाँ शुल्क तोकिएको नियमावलीमा उल्लेख छ ।

यसअघि ओटीटी प्लेटफर्महरू कुनै सरकारी निकायमा दर्ता नभई सञ्चालन हुँदै आएका थिए । कानुनी अस्पष्टताका कारण सामग्री नियमन, राजस्व संकलन तथा उपभोक्ता अधिकार संरक्षणमा चुनौती देखिँदै आएको थियो । मन्त्रालयले नयाँ व्यवस्थाले डिजिटल सामग्री वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने विश्वास लिएको छ ।

सरकारका अनुसार नयाँ व्यवस्था लागु भएपछि सामग्रीको गुणस्तर नियन्त्रण, स्थानीय कानुनअनुसार सामग्री अनुगमन, कर प्रणालीको प्रभावकारी कार्यान्वयन तथा स्थानीय प्रसारण उद्योगसँग स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ९ : २१ बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि