बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग « Khabarhub

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार ६० दिनभन्दा बढी समयदेखि आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको छ ।

मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई अनुपस्थित रहेका ती कर्मचारीहरूलाई सेवाबाट किन नहटाउने भनी प्रश्न गरेको छ ।

सूचनामा उल्लेख भए अनुसार चित्तबुझ्दो कारण नआएमा उनीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय हुन सक्ने चेतावनी दिइएको छ।

उक्त कारबाही प्रक्रियाको दायरामा पर्नेहरूमा  वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल महाराजगन्ज र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू रहेका छन् ।

मन्त्रालयले सम्बन्धित कर्मचारीहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो आधिकारिक सफाइ पेस गर्न निर्देशन दिएको छ र सो अवधिभित्र सफाइ पेस नगरे कानुन बमोजिम कारबाही अघि बढाइने जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  १० : ५५ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६