रूस–युक्रेन द्वन्द्व चर्कियो, ड्रोन र क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु « Khabarhub

रूस–युक्रेन द्वन्द्व चर्कियो, ड्रोन र क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूस र युक्रेनबीच जारी युद्धका क्रममा बिहीबार भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा दुवै देशमा गरी कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

पछिल्ला महिनाहरूमा युक्रेनले रूसी आक्रमणको प्रतिकारस्वरूप रूसभित्र ड्रोन आक्रमणको तीव्रता बढाएको छ। रूसको पश्चिमी सीमावर्ती ब्रायन्स्क क्षेत्रमा युक्रेनी गोलाबारी हुँदा १५ वर्षीया एक बालिका र उनकी हजुरआमाको मृत्यु भएको कार्यवाहक गभर्नर येगोर कोभालचुकले जानकारी दिएका छन्। 

त्यस्तै, मस्कोबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको यारोस्लाभल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

उता, रूसी क्षेप्यास्त्र आक्रमणमा युक्रेनको राजधानी किएभमा दुई जनाको ज्यान गएको छ भने एक बालकसहित पाँच जना घाइते भएका छन्। युक्रेनको आपतकालीन सेवाका अनुसार आक्रमण रातभर जारी रहेको थियो।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले ‘ब्यालेस्टिक आतंक’लाई निरन्तरता दिँदै आक्रमण जारी राखेको आरोप लगाउँदै युक्रेनको हवाई सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

जेलेन्स्कीका अनुसार उक्त आक्रमणमा आठ वटा ब्यालेस्टिक मिसाइल र १५१ वटा ड्रोन प्रयोग गरिएको थियो। युक्रेनी वायु सेनाले धेरै ब्यालेस्टिक मिसाइल राजधानीतर्फ आएको चेतावनी दिएको जनाएको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनको किएभ भ्रमणपछि भएको यस आक्रमणका बेला बेलायती प्रधानमन्त्री कीर स्टारमर र टर्कीका विदेशमन्त्री हाकान फिदान पनि युक्रेनी राजधानीमै रहेका थिए।

जेलेन्स्कीले जुलाई महिनामा मात्रै किएभमाथि यो छैटौँ ब्यालेस्टिक मिसाइल आक्रमण भएको बताएका छन्। उनका अनुसार गत महिनादेखि किएभले नियमित रूपमा रूसी ब्यालेस्टिक मिसाइल आक्रमणको सामना गरिरहेको छ।

यसैबीच, युक्रेन अहिले अमेरिकाले विकास गरेको प्याट्रियट हवाई रक्षा प्रणालीका लागि आवश्यक मिसाइल अभावसँग जुधिरहेको छ। ब्यालेस्टिक मिसाइल रोक्न यो प्रणाली अत्यन्त प्रभावकारी मानिन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादन गर्न अनुमति दिने घोषणा गरेका थिए। राष्ट्रपति जेलेन्स्कीले सन् २०२६ को अन्त्यसम्ममा युक्रेनमै यसको उत्पादन सुरु हुन सक्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ४ : २४ बजे

सेमिफाइनलमा अर्जेन्टिनाको जित छायामा पार्ने कट्टर दुश्मनी

काठमाडौं – विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-० ले हराउनु

कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी, घरमै पसे व्यापारीमाथि गरेका थिए कुटपिट

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरूद्व बिहीबार पक्राउ पुर्जी जारी

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो

इङ्लिस किपर पिकफोर्डको पानीको बोतलमा के पढिरहेका थिए मेस्सी ?

काठमाडौं- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एउटा पानीको बोत्तलमा ध्यानपूर्वक पढिरहेको