कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी, घरमै पसे व्यापारीमाथि गरेका थिए कुटपिट « Khabarhub

कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी, घरमै पसे व्यापारीमाथि गरेका थिए कुटपिट


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरूद्व बिहीबार पक्राउ पुर्जी जारी भएको छ ।

उनीविरुद्ध कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोपमा मुद्दा दर्ता भएपछि पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाका सूचना अधिकारी एवम् डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित सांसद साहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

संघीय सांसद साह र कृष्णनगर नगरपालिकाका मेयर (नगरप्रमुख) रजतप्रताप साहसहित १५–२० जनाको समूह शर्माको निवासमा प्रवेश गरेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

त्यसपछि पीडित शर्माले प्रहरीमा जाहेरी दिएका थिए । त्यही जाहेरीका आधारमा मुद्दा दायर भएपछि सांसद साहमाथि संकट आइलागेको हो । बिहीबार मात्रै एमालेका पूर्व सांसद लक्ष्मी कोइरी महतो सर्वोच्च अदालतको आदेशमा रिहा हुँदैछन्।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ६ : ४४ बजे

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक