वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध « Khabarhub

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पृथ्वी लोकमार्गसहित सात वटा महत्वपूर्ण सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० वासिङस्थित पृथ्वी लोकमार्गमा बिहीबार साँझ करिब ६स्३० बजे माथिबाट सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो । पहिरो हटाउने काम अघि बढाउनुअघि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्ति लोकपथमा पनि साँझ ७ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी (बीपी राजमार्ग) सडक खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा लगाइएको रोकलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलास्थित सालझण्डी–ढोरपाटन सडक खण्डमा माथिबाट ढुंगा खसेपछि सडक अवरुद्ध बनेको छ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ुइकु पहिरोु क्षेत्रमा वर्षाका कारण करिब १५ मिटर सडक पाँच फिट तल भासिएपछि सडक पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी भोटेकोसी–४ ९चारकिलो० क्षेत्रमा पनि करिब १० मिटर सडक पाँच फिट तल भासिँदा अरनिको राजमार्ग अर्को स्थानमा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ पंखु खोलामा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडक खण्डमा खोलाको बहावले करिब १० मिटर सडक बगाएपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

प्रहरीले वर्षाका कारण पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न र प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ८ : ५३ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव