विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी « Khabarhub

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा पुरक अभियोगपत्र दर्ता गरेको हो । यसअघि दीपक भट्टसमेतलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा थप अनुसन्धानपछि विभागले पौडेलसहित थप प्रतिवादीविरुद्ध पूरक अभियोगपत्र पेश गरेको जनाएको छ ।

पुरक अभियोगपत्रमा विष्णु पौडेलसहित १६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ। पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । साथै, उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न पनि अदालतसमक्ष माग गरिएको छ ।

अदालतले बिहीबार अभियोगपत्र कानुनी प्रक्रिया अनुरूप रहेको ठहर गर्दै सरकारी फौजदारी दायरीमा दर्ता गरेको छ । तर समयाभावका कारण पौडेलको बयान र थुनछेक बहस हुन नसकेपछि उनलाई न्यायिक हिरासतमा राखी शुक्रबार बिहान ९ बजे विशेष अदालतमा उपस्थित गराउन आदेश दिएको छ। अन्य प्रतिवादीका हकमा भने नियमानुसार म्याद जारी गर्ने आदेश भएको छ।

अभियोगपत्रमा दीपक भट्ट, ऋषिराज मोर, शुलभ अग्रवाल, शुभी अग्रवाल, उपेश बस्नेतलगायत व्यक्तिहरूसँगै इन्फिनिटी होल्डिङ्स प्रालि, हिमालयन एसेट म्यानेजमेन्ट प्रालि, फेवा डेभलपर्स प्रालि, वेगनास डेभलपर्स प्रालि, रिजेन्ट कोर्ट प्रालि, अल्फा डेभलपर्स प्रालि, श्रीनगर डेभलपर्स प्रालि, डेल्टा डेभलपर्स प्रालि, लेखनाथ डेभलपर्स प्रालि र कान्तिपुरी रिसोर्ट प्रालि लाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ९ : ३३ बजे

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक

सेती पुल निर्माणले गति लियो

गण्डकी – पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’