सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता « Khabarhub

सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार क्षेत्रका विभिन्न समस्या समाधानका लागि आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र सरकारबीच सहमति भएको छ । 

सहमति भएसँगै संघले घोषणा गरेका सम्पूर्ण दबाबमूलक र विरोधका कार्यक्रमहरू आजैका मितिबाट फिर्ता लिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गत साउन २२ गते विभिन्न १५ बुँदे माग राखी ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । 

संघले आफ्ना माग पूरा नभए आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको थियो । 

व्यवसायीहरूको उक्त चेतावनी र मागका सम्बन्धमा युवा, श्रम तथा रोजगार मन्त्रालयमा माननीय मन्त्री र सचिवको उपस्थितिमा व्यवसायीका प्रतिनिधिहरूसँग आज घनीभूत छलफल भएको थियो ।

छलफलका क्रममा संघले राखेका अधिकांश मागहरू नीतिगत सम्बोधनका विषय भएकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेको जानकारी मन्त्रालयले गराएको छ । 

वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउने गरी सो संशोधन प्रक्रियालाई यथाशीघ्र टुङ्ग्याउन मन्त्रालय र संघ दुवैले अधिकतम प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, व्यवसायीहरूले उठाएका अन्य विषयहरूको समाधानका लागि कानुन बमोजिम थप प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा अनुरोध गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने सहमति भएको छ । 

विभागको निर्णयबाट समाधान नभएमा रीतपूर्वक मन्त्रालयमा पुनरावेदन दिन सकिने प्रावधान समेत रहेको स्पष्ट पारिएको छ ।

मन्त्रालयसँगको सकारात्मक छलफल र माग सम्बोधनको प्रतिबद्धतापछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजैका मितिबाट लागू हुने गरी आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

बैठकमा संघका अध्यक्ष, सल्लाहकार तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १ : ०६ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको