ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो « Khabarhub

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन् । अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिलमा मन्जु पहिलो भएका हुन् ।

अर्जुनले ३३ लुप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गरे । यसअघि ३२ लुपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो । मन्जुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा १४ लुप पूरा गरिन् । यसअघि १२ लुपको कोर्स रेकर्ड रहेको थियो । शीर्ष स्थानमा रहने दुवैले जनही ३० हजार नगद पुरस्कार हात पारे ।

दोश्रोदेखि दसौं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । सहभागीले १ लुपमा ६.७ किलोमिटर दूरी १ घण्टाको समयमा तय गर्नु पर्ने थियो । त्यसो गर्न नसक्ने खेलाडी सीधै प्रतियोगिताबाट बाहिरिने नियम थियो । प्रतियोगिता निर्देशक दिवाकर बुढाले यस खालको प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगतामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विट्जरल्यान्डलगायत राष्ट्रबाट ६५ प्रतिस्पर्धी सहभागी थिए । दौड चन्द्रागिरी नगरपालिकाको मत्छेगाउँबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुंगिएको थियो । ब्याक यार्ड अल्ट्राको विश्व च्याम्पियनसिप सन् २०२६ को अक्टोबर १७ तारिख पोखरामा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ५ : ५२ बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको