ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो « Khabarhub

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो


१ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन् । अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिलमा मन्जु पहिलो भएका हुन् ।

अर्जुनले ३३ लुप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गरे । यसअघि ३२ लुपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो । मन्जुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा १४ लुप पूरा गरिन् । यसअघि १२ लुपको कोर्स रेकर्ड रहेको थियो । शीर्ष स्थानमा रहने दुवैले जनही ३० हजार नगद पुरस्कार हात पारे ।

दोश्रोदेखि दसौं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । सहभागीले १ लुपमा ६.७ किलोमिटर दूरी १ घण्टाको समयमा तय गर्नु पर्ने थियो । त्यसो गर्न नसक्ने खेलाडी सीधै प्रतियोगिताबाट बाहिरिने नियम थियो । प्रतियोगिता निर्देशक दिवाकर बुढाले यस खालको प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगतामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विट्जरल्यान्डलगायत राष्ट्रबाट ६५ प्रतिस्पर्धी सहभागी थिए । दौड चन्द्रागिरी नगरपालिकाको मत्छेगाउँबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुंगिएको थियो । ब्याक यार्ड अल्ट्राको विश्व च्याम्पियनसिप सन् २०२६ को अक्टोबर १७ तारिख पोखरामा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  ५ : ५२ बजे

दक्षिण कोरियासँग तनाव बढ्दै जाँदा उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

सियोल- दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब

राजर्षिजनक विश्वविद्यालयलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा

धनुषा- राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल