सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख अर्यालले सदनमा उपस्थीत भइ सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन् ।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्ववपूर्ण विषयहरूमा प्रश्नोत्तरको माग गर्दै सांसदहरुले गरिरहेको विरोधप्रति सभामुखको ध्यानाकर्षण भएको बताए ।

यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्रीलाई उनले निर्देशन दिए ।
आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री
वर्षमानद्वारा रोल्पा विपत्तीबारे सरकारको ध्यानाकर्षण, सरकारसँग राखे ५ माग
विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल
गगनको दाबी : घरअगाडि गाडी तेर्स्याउने व्यक्ति प्रहरी
नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो घर अगाडि गाडी तेर्स्याउने व्यक्ति नेपाल प्रहरी भएको दाबी गरेका छन्। आफ्नो परिवार गाडी कसको हो भनेर बुझ्न ट्राफिक कार्यालय जाँदा प्रहरीको गाडी भएको आफूले थाहा पाएको उनले जानकारी दिए । पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा गगनले यस्तो दाबी गरेका हुन् ।

‘मेरो परिवारका सदस्यहरु गाडी कसले छोडेको हो भनेर बुझ्न जाँदा चलाएर ल्याउने व्यक्ति प्रहरी भएको थाहा भयो । केही समयअघि मेरो जलाइएको घरको गेटमा एउटा प्राइभेट गाडी राखियो । त्यो गाडी कसको थियो थाहा भएन । निजी सम्पत्तिमा क्षति पुर्याउनु हुँदैन भन्नेमा म सचेत थिएँ ।’ उनले भने, ‘दिउँसो त्यो गाडी उठाएर ट्राफिक कार्यालय लगियो । मेरो परिवारका सदस्यहरु गाडी कसको हो भनेर बुझ्न ट्राफिक कार्यालय जानुभयो । त्यो थाहा पाउने हाम्रो हक थियो । तर कसको गाडी हो भनेर बताइएन । एकछिनपछि एकजना व्यक्ति त्यो गाडी मैले चलाएर लगेको भन्दै आउनुभयो । उहाँको परिचय खोज्दै जाँदा प्रहरी भएको थाहा भयो ।’
राष्ट्रिय भेलाको कुरा सुनेँ, त्यहाँका निर्णय पार्टी नीतिको अङ्ग बन्दैन : गगन थापा
निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ
गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला
ललितपुरमा चिकित्सकसहित एम्बुलेन्स सेवा, १५ मिनेटमै बिरामीकहाँ पुग्ने
भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो ।
बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा
सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन
कोशीमा चार मन्त्री नियुक्त, प्रचण्डका ज्वाईँलाई भौतिक पूर्वाधार











प्रतिक्रिया