राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित « Khabarhub

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को फराकिलो र एकतर्फी जित निकालेको छ। ब्राजिलियन विङ्गर राफिन्हाको शानदार ह्याट्रिकको मद्दतमा बार्सिलोनाले घरेलु मैदानमा गोलको वर्षा गर्दै स्पष्ट ३ अंक जोडेको हो।

खेलको आठौँ मिनेटमा जोआओ क्यान्सेलोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि राफिन्हाले २५औँ मिनेटमा पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे। यद्यपि खेलको ३०औँ मिनेटमा रेसिङका मागोटे गुएयेले गोल गर्दै अन्तर ३१–१ मा झारेका थिए।

३६औँ मिनेटमा रेसिङका एसियर भिल्लालिब्रेले आत्मघाती गोल गर्न पुगेपछि बार्सिलोनाले ३–१ को अग्रता बनायो। त्यसपछि ४२औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ४–१ को बलियो स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा पनि बार्सिलोनाले आक्रामक खेल जारी राख्यो। खेलको ६५औँ मिनेटमा रेसिङका यास्सिर जाबिरीले गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याए पनि त्यसको दुई मिनेटपछि ६७औँ मिनेटमा राफिन्हाले अर्को पेनाल्टीलाई गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

खेलको अन्त्यतिर ग्याब्रिएल जेसुसले ७९औँ मिनेटमा र लामिन यामालले ८९औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले ७–२ को फराकिलो जित पक्का गर्‍यो। यस जितसँगै अंक तालिकाको पहिलो स्थानमा रहेको बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ भने पराजित रेसिङ सान्टान्डर तालिकाको १०औँ स्थानमा यथावत् छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ७ : ०३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति