अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान « Khabarhub

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७:३५ बजेको उडानमार्फत नयाँदिल्लीतर्फ लागेका हुन्।

विपद्पछिको पुनर्निर्माणका साथै दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विविध आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी हुने उनको कार्यक्रम छ। सोही दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गर्नुका साथै साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाटमा उनी सहभागी हुनेछन्।

त्यस्तै, शनिबार बिहान भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ता र ११:३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यतालिका छ। अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्कनेछन्।

उनको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत छन्।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ९ : ०४ बजे

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि