बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’ « Khabarhub

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म चलाएको ‘दुहुना गाई’ वितरण कार्यक्रम प्रभावकारी नभएपछि रणनीति फेर्ने भएको छ । गाउँपालिकाले अब गाई वितरणको साटो नयाँ परिवारका लागि ‘सुरक्षित आवास’ कार्यक्रम सुरु गर्ने तयारी गरेको हो ।

नयाँ परिवारलाई उत्पादनसँग जोड्ने र पशुपालनमार्फत आम्दानीको बाटो खोल्ने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ देखि यो अभियान सुरु गरिएको थियो । पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईका अनुसार ५ वर्षको अवधिमा ५० परिवारलाई लैनो गाई वितरण गरिएको छ । पहिलो वर्ष ९ परिवारलाई गाई दिइएकामा २०७८/७९ मा १०, २०७९/८० मा १८, २०८०/८१ मा ४ र २०८१/८२ मा ३ परिवारले गाई पाएका थिए ।

बसाइँसराइ गरेर आउने परिवारका लागि आम्दानीको स्रोतभन्दा पहिले स्थायी बसोबासको आधार आवश्यक देखिएकाले घर निर्माणमा सहयोग गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । “दीर्घकालीन रूपमा परिवारलाई गाउँमा टिकाउन आयआर्जनसँगै स्थायी र सुरक्षित आवासको आवश्यकता देखियो । त्यसैले अब घर निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकता दिन लागिएको हो,” उनले भने ।

छथर जोरपाटीमा बसाइँसराइ गरेर आउनेमा सबैभन्दा बढी छिमेकी जिल्ला तेह्रथुमका छन् । त्यसबाहेक धनकुटाकै अन्य स्थानीय तह, भोजपुर, सङ्खुवासभा र झापाबाट पनि परिवारहरू आएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  १० : १९ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर