करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने « Khabarhub

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाका विजेताको छनोट बिहीबार हुँदै छ।

विभागका अनुसार भदौ महिनाभरका ३१ जना र थप २ जना बम्पर गरी कुल ३३ जना विजेताको नाम आज घोषणा गर्न लागिएको हो।

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण भदौ १६ गतेका लागि तय भएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो।

कार्यक्रमअन्तर्गत भदौ महिनाका प्रत्येक दिनका आधारमा चुनिएका ३१ जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी बम्पर उपहार विजेता २ जनाले जनही १० लाख रुपैयाँ पाउने विभागले जनाएको छ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि करदाताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको हो।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ११ : ११ बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले