भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार « Khabarhub

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले यस अवधिमा चार करोड ६६ लाख ४९ हजार ५४० रुपैयाँ राजस्व असुली गरेको हो । यो दुई महिनाका लागि निर्धारित कुल लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताका अनुसार सीमा क्षेत्रमा चोरी, पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै वैधानिक रुपमा भन्सार नाकाबाट हुने आयातमा वृद्धि भएकाले राजस्व असुलीमा सुधार आएको हो । विशेषगरी यस अवधिमा साडी, कुर्तासलवारलगायत कपडाको आयात बढेको उनले बताए ।

भदौमा मात्र दुई करोड १० लाख २४ हजार रुपैयाँराजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा कार्यालयले तीन करोड १६ लाख १५ हजार ४२२ रुपैयाँ सङ्कलन गरेको छ । यो लक्ष्यको १५० दशमलव ३८ प्रतिशत हो । यसअघि साउनमा एक करोड ५० लाख ३४ हजार ११८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

चालु आवका लागि कार्यालयले २६ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । दुई महिनाको अवधिमा भएको सङ्कलन वार्षिक लक्ष्यको १७ दशमलव ७५ प्रतिशत हो ।

यस अवधिमा सङ्कलित कुल राजस्वमध्ये सबैभन्दा बढी योगदान मूल्य अभिवृद्धि कर (भ्याट) बाट दुई करोड २० लाख एक हजार १५६ रुपैयाँ रहेको छ । 

यस्तै, भन्सार महसुल (आयात) बाट एक करोड ८४ लाख १२ हजार ३२३ रुपैयाँ, अन्तःशुल्कबाट ६२ लाख ७७ हजार २९६ रुपैयाँ  र कृषि सुधार शुल्कबाट १३ लाख २२ हजार ३८९ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

गत आव २०८२/८३ मा भने कार्यालयले निर्धारित राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन । सो वर्ष २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ७४ दशमलव ३४ प्रतिशत अर्थात् १८ करोड ६० लाख ९५ हजार ८४४ रुपैयाँ मात्रै सङ्कलन भएको थियो । 

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ११ : १९ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले