सवारी दुर्घटनामा चालकको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा चालकको मृत्यु


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
 
उक्त दुर्घटनामा देउमाई–१ चमैताका चालक ३५ वर्षीय तीर्थराज बस्नेतको सोही बोलेरोले किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
 
गाउँको भित्री सडकमा भएको दुर्घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेकामा त्यसमा चालक मात्रै सवार रहेको पाइएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  १ : २१ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य