आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै « Khabarhub

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’ लाई भगवान् श्रीकृष्णले वध गरको खुसीयालीमा डोटी जिल्लामा यो पर्व मनाउने चलन छ । 
    
पौराणिक किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले पुतनाको ‘बध’ गरेपछि सत्यको विजयको स्मरणार्थ यसपर्वको सुरुआत भएको हो । प्रत्येक वर्ष असोज १ गते मनाइने यो पर्व स्थानीय मौलिक संस्कृति र परम्परासँग जोडिएको छ । साथै सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा पनि आज परम्परागत ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ ।
    
भाद्र सङ्क्रान्तिदेखि संकलन गरेर राखिएका काठ, हाँगा तथा झ्याङलगायत सामग्रीबाट बनाइएको ‘बुढी’ को प्रतीकलाई साँझपख सामूहिक रुपमा आज असोज १ गते बुढी पोलिने र सोही ठाउँमा काँक्रो खाँदै चारै दिशातर्फ लुतो फाल्ने प्रचलन छ । 

स्थानीय जनविश्वासअनुसार ‘बुढी पोल्ने’ परम्परा भगवान् श्रीकृष्णसँग सम्बन्धित पुतना बधको कथासँग जोडिएको मानिन्छ । पुतनालाई बुढीको प्रतीकका रूपमा लिएर उनको अन्त्यको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ । 

साथै यस पर्वसँग जोडिएका स्थानीय कथा, मान्यता र मनाउने विधिमा केही भिन्नता पाइन्छ । पशुचौपायामा कुनै रोग नलाग्ने विश्वास गरिन्छ । 
    
‘बुढी पोल्ने’ परम्परा भगवान् श्रीकृष्णसँग सम्बन्धित पुतना बधको कथासँग जोडिएको ठूलाकेदार धामका मुुख्य पुजारी सिद्धराज बिराडीले बताए।  
    
उनले पुतनाको स्वरुप तयार गरी सिँगारिएको बाबियोलगायत सामग्रीलाई आज बिहान गोठबाट निकालेर दिनभर घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने चलन छ । 

आधुनिक जीवनशैली र बढ्दो बसाइँसराइका कारण परम्परागत संस्कृतिमा परिवर्तन आइरहेको भए पनि ‘बुढी पोल्ने’ पर्वले  डोटीका समुदायलाई आफ्नो मौलिक परम्परा र सांस्कृतिक पहिचानसँग जोड्दै आएको छ ।
 
स्थानीयस्तरमा पर्वको संरक्षण र पुस्तान्तरणका लागि नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  १ : ३४ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी