चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण « Khabarhub

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ ।  
    
चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताए।

सो विद्युत् केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार अपराह्न उनीहरूको शव फेला परेको थियो । प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाका हेलिकप्टरमार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो । 

उद्धारका लागि नेपाली सेनाका बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारी खटेको थियो ।

भोटेकोशी नदीको सतहबाट २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म पुगेको बाढीले सुरुङ पुरिएको तथा ११ वाट क्षमताका दुई वटा टर्वाइनसहित सम्पूर्ण संरचना ध्वस्त भएको प्रबन्ध निर्देशक महजर्नले जानकारी दिए ।

यसैगरी, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले खोज तथा उद्धारसहित राहत वितरण कार्य जारी रहेको, क्षतिको विवरण संकलनका लागि एक महिनाको समय तोकी कार्यादेशसहित २५ सदस्यीय समिति गठन भइसकेको, नदीमाथि तुइन तथा फड्के निर्माण भई आवतजावतलाई सहज बनाएको र बाढीपछिको सम्भावित हैजा तथा विपद्जन्य महामारीलगायत रागको रोकथामका लागि आवश्यक औषधिसहित जनशक्तिको व्यवस्था गरेको बताए ।
 

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  १ : ५१ बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र