ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा « Khabarhub

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी साता हुने भेटवार्तामा कृत्रिम बौद्धिकता (एआई) दुई देशबीचको प्रमुख एजेन्डा बन्ने भएको छ।

अमेरिका र चीनबीच एआई विकास, अत्याधुनिक चिप्समा पहुँच तथा प्रविधिको सुरक्षा र नियमनका विषयमा प्रतिस्पर्धा तथा मतभेद तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा दुई राष्ट्र प्रमुखबीचको भेटमा एआईसम्बन्धी विषयले विशेष स्थान पाउने अपेक्षा गरिएको हो ।

अमेरिका र चीन एआई विकासका विश्वका प्रमुख शक्ति हुन् । चीनका डिपसिक, मुनसटलगायत कम्पनीले विकास गरेका खुला एआई मोडेलले अमेरिकी ओपनएआई र एन्थ्रोपिकका प्रणालीसँग प्रतिस्पर्धा गर्न थालेका छन् ।

चीनको एआई क्षमतालाई सीमित गर्ने उद्देश्यले अमेरिकाले अत्याधुनिक चिप्स तथा सम्बन्धित प्रविधिको निर्यातमा नियन्त्रण गर्दै आएको छ । यद्यपि, ट्रम्प प्रशासनले केही चिप्सको निर्यातसम्बन्धी नियम खुकुलो पारेको छ भने अन्य अत्याधुनिक प्रविधिमा प्रतिबन्ध कायमै राखेको छ ।

एआईको तीव्र विकाससँगै यसको सुरक्षा, जोखिम नियन्त्रण र नियमनका विषयमा पनि विश्वव्यापी चिन्ता बढेको छ । अमेरिकामा चीनसँगको प्रविधि प्रतिस्पर्धाका कारण एआई विकासको गति सुस्त पार्न नहुने धारणा बलियो छ । चीनले पनि एआईलाई अमेरिका–चीनबीचको प्रमुख भू–राजनीतिक तथा प्राविधिक प्रतिस्पर्धाको क्षेत्रका रूपमा हेर्दै आएको छ ।

सी र ट्रम्पबीचको भेटमा एआई क्षेत्रमा सीमित सहकार्यका सम्भावनाबारे छलफल हुन सक्ने भए पनि एआई विकासको गति नियन्त्रण गर्ने वा विश्वव्यापी सुरक्षा मापदण्ड निर्माण गर्ने विषयमा सहमति जुटाउन चुनौतीपूर्ण हुने विश्लेषकहरूको धारणा छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एआईमा अमेरिका र चीन विश्वका पहिलो र दोस्रो प्रमुख शक्ति रहेको उल्लेख गर्दै जोखिम नियन्त्रणका उपाय तय गर्न दुवै पक्षबीच नजिकको सम्पर्क आवश्यक रहेको बताएका छन् ।

यससँगै सी–ट्रम्प भेटवार्ताले एआई विकास, अत्याधुनिक चिप्सको पहुँच, प्रविधि सुरक्षा र नियमनका विषयमा दुई देशबीचको आगामी सम्बन्धको दिशासमेत प्रभावित गर्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  २ : ०१ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले