सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
बृहत्तर बराहक्षेत्र विकास समिति, चतरा कार्यालयको आज अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले बराहक्षेत्रलाई धार्मिक तथा पर्यटन सर्किटका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
उनले बराहक्षेत्रको धार्मिक महत्वलाई पर्यटनसँग जोडेर पूर्वाधार विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिने बताए ।
‘बराहक्षेत्रको धार्मिक महत्वलाई पर्यटनसँग जोडेर पूर्वाधार विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ,’ उनले भने ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बराहक्षेत्रको समग्र विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताए ।
उनले बराहक्षेत्रमा आयोजना हुँदै आएको कुम्भ मेलालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सके आर्थिक गतिविधि विस्तार हुनुका साथै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुने बताए ।
बराहक्षेत्रको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्व संरक्षण गर्दै योजनाबद्ध रूपमा पर्यटन पूर्वाधार विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।













प्रतिक्रिया