इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या « Khabarhub

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ ।

स्थानीय ५५ वर्षीय कमल परियार शनिबार बिहान आफ्नै घरको बरण्डामा मृत फेला परेका हुन् । उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ८ः३० बजे स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ । घटनास्थलबाट एउटा हतियारसमेत बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएका थिए ।

हत्यामा संलग्न व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  १२ : ३८ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट