किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ? « Khabarhub

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा भर्त्सना गरेको छ । विज्ञप्ति जारी गर्दै माहासंघले श्रेष्ठको पक्राउलाई लिएर भर्त्सना गरेको हो ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएको थियो ।

सोही समाचारलाई लिएर परेको उजुरीका आधारमा एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोलीले श्रेष्ठलाई ललितपुरको नखुस्थित उनकै निवासबाट पक्राउ गरेको महासंघले जनाएको छ। नेपाल पत्रकार महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा समाचारप्रति चित्त नबुझेका विषय भए प्रचलित र स्थापित विधिअनुरूप समाधान खोज्नुको सट्टा साइबर ब्युरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविरुद्ध रहेको ठहर गरिएको छ ।

महासंघले यो घटनाले लोकतान्त्रिक मूल्य-मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम गरेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा भएको यस स्वेच्छाचारी शैलीप्रति घोर खेद प्रकट गरेको छ।

महासंघले प्रेसविरोधी व्यवहार सच्याउन र पत्रकार किशोर श्रेष्ठलाई बिनाशर्त तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। साथै, समाचारको विषयमा केही असहमति भए सम्बन्धित निकाय प्रेस काउन्सिलमार्फत नै समाधान खोज्न सम्बद्ध पक्षलाई सचेत गराउँदै प्रेस काउन्सिल नेपाललाई पनि आफ्नो क्षेत्राधिकारको स्वामित्व लिन र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ४ : ०१ बजे

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा