बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु « Khabarhub

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा शनिबार बिहान भीषण आगलागी हुँदा छ जनाको मृत्यु भएको छ । ढाकास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागको मुख्यालयका अधिकारी तल्हा बिन जसिमका अनुसार आगो निभाएपछि घटनास्थलबाट छ जनाको शव निकालिएको हो ।

कक्स बजार राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्दछ। उहाँका अनुसार काठले बनेको उक्त रिसोर्टका तीनवटै तलामा आगलागीबाट क्षति पुगेको छ। अधिकारी जसिमका अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ७ः२५ बजे आगलागीको सूचना प्राप्त भएपछि दमकल टोली तत्काल घटनास्थल पुगेको थियो ।

अग्नि नियन्त्रकहरूले करिब बिहान ११ः०० बजे आगो पूर्ण रूपमा निभाएका थिए । आगलागीको यकीन कारण भने अझै पत्ता लाग्न नसकेको अधिकारीहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ७ : २६ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा