नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ « Khabarhub

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीलाई बिदाइ गरेको हो।

विश्वकपअघि नेपाली टोलीले श्रीलंका र भारत भ्रमण गर्दै दुई वटा अभ्यास सिरिज खेल्नेछ। श्रीलंका ‘ए’ टोली र मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास सिरिज तय भएसँगै टोली केही समयअघि नै विश्वकप यात्रामा निस्कन लागेको हो।

बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको उल्लेख गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट लले टोलीले विश्वकपमा राम्रो खेल प्रदर्शन गर्दै सकारात्मक नतिजा ल्याउने आशा रहेको बताए। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि नेपाली टोलीले विश्वकपमा देशको नाम उजागर गर्ने गरी खेल्ने विश्वास व्यक्त गरे।

आईसीसी टी–२० विश्वकप क्रिकेट फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगितामा नेपाल समूह ‘सी’ मा परेको छ। 

सो समूहमा नेपालसहित इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्। नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  २ : ५१ बजे

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका